काठमाडौँ – १२ औँ स्थापना दिवस तथा छैटौँ महाधिवेशनको अवसरमा शेर्पा सञ्चार समूहले गरेको अनलाइन वक्तृत्वकला प्रतियोगितामा समडोमा शेर्पा प्रथम भएकी छिन् ।

‘मातृभाषाको महत्त्व र वर्तमान अवस्था’ शीर्षकमा आयोजित प्रतियोगितामा पेमा नाम्दाग शेर्पाले द्वितीय र मिङमा डोमा शेर्पाले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितमा डोल्मा शेर्पाले सान्त्वना स्थान हात पारिन् । यस्तै दिकी डोल्मा शेर्पाले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन् ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय विजेताले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।

त्यस्तैै फेसबुकमा भ्युज, लाइक र कमेण्टको आधारमा ‘पब्लिक च्वाइस अवार्ड’ पनि प्रदान गरिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
आदिवासी युवालाई समेटेर आयोजित प्रतियोगितामा विभिन्न जिल्लाबाट १५ जना सहभागी भएका थिए ।

शेर्पा सञ्चार समूहका अध्यक्ष निम्लेकी शेर्पाले कोरोना महामारीका कारण प्रत्यक्ष उपस्थित हुन असम्भव भएकाले भर्चुअल माध्यमबाट कार्यक्रम गरेको जानकारी दिनुभयो ।

संस्थाका महासचिव पासाङ शेर्पाले संस्थाको छैटौँ महाधिवेशनको अवसरमा २०७७ माघ २४ गते विजेतालाई पुरस्कार र सहभागीलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिनुभयो ।