काठमाडौँ  –  शेर्पा संघ अमेरिकाको अध्यक्षमा आङ जाङबु शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।
संघको दोस्रो अधिवेशनमार्फत शेर्पालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो । चुनिएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्याक्षमा पासाङ दोर्जी शेर्पा ए.पी लामा, उपाध्यक्ष श्यम्बु शेर्पा, महासचिवमा दाजिमा शेर्पा, सचिवमा पेम्बा गिर्मे शेर्पा, कोषाध्यक्षमा निलु शेर्पा प्रबक्तामा डोल्मा शेर्पा निर्विरोध निर्वाचित भएको छ । संघको सदस्यमा साङ्गे शेर्पा, सबिन शेर्पा, वाङगेल शर्पा र डोल्मा शेर्पा रहेको छ ।
विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लामाको प्रमुख अतिथि आतिथ्यमा भएको कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पा, धर्म गुरु लामा टुल्कु र विभिन्न देशका शेर्पा किदुगका अध्यक्ष अतिथि रहेका थिए ।
भर्चुअल रूपमा सम्पन्न विशेष अधिवेशनमा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ ।