ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नंं. ३ मा शेर्पा संचार समूह नेपालको स्थानिय कार्यसमिति गठन भएको छ । २०७७ कार्तिक २० गते बिहिवारको दिन शेर्पा संन्चार समुह नेपालका केन्द्रिय सदस्य मिङमा शेर्पाको विशेष उपस्थितिमा दिकिला शेर्पाको अध्यक्षतामा ९ सदस्य गाउँपालिका कार्यसमिति गठन गरिएको छ ।
शेर्पा समुदायको युवाहरुलाई सञ्चार माध्यममा सहभागी गराउन संघिय प्रणाली अनुरुप ताप्लेजुङ्ग जिल्लामा स्थानिय तहमा संस्थाको साखा विस्तार गरिएको केन्द्रिय सदस्य मिङमा शेर्पाले जानकारी दिनु भयो ।
नयाँकार्यसमितिमा अध्यक्ष दिकिला शेर्पा उपाध्यक्ष प्रकाश शेर्पा, सचिब लाक्पा शेर्पा, सहासचिब पासाङ शेर्पा, कोषाध्यक्ष बिन्दु शेर्पा र सदस्याहरुमा मिङमा शेर्पा, मिङमा छोटी शेर्पा, ल्हाक्पा शेर्पा, सन्जु शेर्पा, प्रेम कुमार शेर्पा रहेको छ ।