शेर्पा जातिको ग्याल्मो लोसारको एक झलक….

Posted by Rajan Raut on Tuesday, February 28, 2017

२१४४ औं ग्याल्पो लोसारको अवसरमा सोमबार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको आयोजनामा काठमाडौंको सिफलमा आयोजित लोसार गुथुक साँझ कार्यक्रम

साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार हास्य कलाकार बसुन्धरा भुसाललाई प्रदान गरिएको छ । भुसाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगद ३१ हजारसहित उक्त सम्मान प्रदान गरे ।

      

ल्होसार ल्हाप्सुमा पोर्तुगलबासी शेर्पा समुदाय बौद्ध स्तुपा निर्माणका लागि जुटे ।

 

पोर्तुगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा एशोसियशन पोर्तुगलले लोसार लप्सु पुजा भव्य रुपमा सम्पन्न भएको छ । पोर्तुगलको राजधानी लिस्बोनबाट करीब १ सय १५ किलोमिटरको दुरीमा रहेको अत्यन्तै मनोरम स्थलमा अवस्थित थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरमा आयोजित लप्सु पुजा बौद्ध धार्मिक परम्परा अनुसार विविवत रुपमा पुजाआज गरी भव्य रुपमा सम्पन्न भएको हो ।