काठमाडौँ – हिउँचितुवा’को उपनाम पाएका आङ रिता शेर्पाको निधन भएको छ । सोमबार विहान १० बजे शेर्पाको आफ्नै निवासमा निधर भएको हो ।
७२ वर्षीय शेर्पाको आफ्नै निवास जोरपाटीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सोलुखुम्बुको थमो गाउँमा जन्मिएका आङरिताले सन् १९८३ देखि सगरमाथाको आरोहण थालेका थिए ।
उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथाको आरोहण गरेर किर्तिमान कामय गरेपछि उनलाई तत्कालीन सरकारले हिमचितुवाको पदवीसमेत दिएको थियो ।