काठमाडौं – शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणबाट निधन भएको छ ।

भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो निधन भएको शेर्पा संघ बेलायतका महासचिव रिन्जी शेर्पाले जानकारी दिनुभयो । १३ जुलाईमा कोरोना संक्रमण देखिएपछि उनी उपचारमा थिए । उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको फोक्सोमा पुरै क्षति भएकाले कुनै सुधार हुन सकेको थिएन । उनी भूतपूर्व गोर्खा सैनिक रहेका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए ।