काठमाडौं । साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार हास्य कलाकार बसुन्धरा भुसाललाई प्रदान गरिएको छ ।
सोमबार २१४४ औं ग्याल्पो लोसारको अवसरमासोमबार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकोआयोजनामा भएको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक यादव खरेलले उनी पृरस्कृत भएको घोषणा गरेका हुन् । भुसाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगद ३१ हजारसहित उक्त सम्मान प्रदान गरे ।

त्यसैगरी साम्दे शेर्पा प्रतिभा राष्ट्रिय पुरस्कार कलाकार दीपकराज गिरी र शेर्पा समुदायबाटै गीतसंगीतमा योगदान दिने लाक्पा शेर्पालाई प्रदान गरियो । दुबैलाई जनही १० हजार १,११ नगदसहित सम्मान गरिएको थियो ।
शेर्पा समुदायकै चर्चित हास्य कलाकार स्वर्गीय साम्दे शेर्पाको सम्झनामा स्थापित उक्त पुरस्कारबाट हरेक वर्ष चर्चित र समुदायमा योगदान गर्ने कलाकारहरुलाई पुरस्कृत हुदै आएका छन् ।