काठमाडौँ – शेर्पा समुदायको भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उदेश्यकासाथ स्थापन भएको शेर्पा किदुक साईप्रसले ग्याल्पो लोसार बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक् फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुक साईप्रसको आयोजनामा नेपालबाट आमन्त्रित कलाकार दावा के शेर्पा तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिको सथाम डीजे बिकास श्रेष्ठको डिजे सेसन कार्यक्रम सहित लोसार बृहत साँस्कृतिक कार्यक्रम रहेको महासचिव ङिम दिकी शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रम आउदो मार्च १ आइतवार बिहान १० बजे देखि साँझ ५ बजेसम्म ट्रिकिस पार्टि प्यालेस लिमासोलमा भव्य कार्यक्रम हुन गईरहेको महासचिव ङिम दिकी शेर्पाले बताउनु भयो ।

उहाँले साईप्रस रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाई उक्त कार्यक्रम भब्यताका साथ सफल बनाउन उपस्थितीको लागी हार्दिक अनुरोध समेत महासचिव ङिम दिकी शेर्पाले गर्नु भयो । कार्यक्रम उपस्थिती हुनेहरुको लागि प्रतेका सहाराबाट बसके सुविधा समेत रहेको महासचिव शेर्पाले बताउनु भयो ।