काठमाडौँ, फागुन १७ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बार्षिक रुपमा आयोजना गर्दै आएको लोसार गुथुक साँझ सम्पन्न भएको छ । सिफल मैदान गौशालामा गत फागुन १४ गते देखि सुरु भएको ३ दिने कार्यक्रम १६ गते सोमबार सम्पन्न भएको हो ।
लोसार गुथुक साझ समापन समारोह सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यिमा भएको थियो । उहाले आदिवासी जनजाती, मदेशी, खस आर्य सबैले एकअर्कालाई होच्याएर हैन सम्मान गरेर गएमा देशको विकाश गर्न सकिने बताउनु भयो । हिमाली आदिवासी जनजाती शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसारको शुभकामना दिनु भएको थियो ।

तिन दिने लोसार गुथुक साझ कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री गगन थापाले गर्नु भएको थियो त्यसैगरी दोस्रो दिनको कार्यक्रम बृहत स्याबु्र नृत्य र साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिताको उद्घाटन पुर्व सभासद एव समाजसेवी जिपछिरीङ शेर्पाले गर्नु भएको थियो ।
कार्यक्रममा साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार बसुन्धारा भुसाल, दिपकराज गिरी र गायक बरिष्ठ गायक लाक्पा शेर्पालाई प्रदान गरिएको थियो ।

स्याबु्र नृत्य प्रतियोगितामा ११ जना प्रतिस्प्रधि टिमलाई पराजित गर्दै जुभिङ शेर्पा किदुकले प्रथप हुन सफल भएको थियो त्यसैगरी दोस्रो स्थान संखुवासभा शेर्पा किदुक र तेस्रो स्थान रामेछाप शेर्पा किुदक भएको थियो । त्यसैगरि साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगितामा सात जना प्रतिस्प्रधिहरुलाई पछि पार्दै टासी ल्हामु शेर्पाले पहिलो स्थान हासिल गर्न सफल भइन त्यसैगरी दोस्रो स्थान ङिमा याङजी शेर्पा र तेस्रो स्थान पासाङ शेर्पा भएको थियो ।

तीन दिने लोसार कार्यक्रममा विभिन्न जिल्लाबाट काठमाडौँमा बसोवास गर्दै आएका महायानी बौद्धधर्मालम्बी शेर्पा समुदायहरुको उपस्थित रहेको थियो । भने कार्यक्रमको अन्तिम दिन हिजो विविध सांस्कृतिक कार्यक्रम लगायत चर्चित कलाकार लाक्पा शेर्पा, मिङमा शेर्पा, रोज मोक्तान, शसी रावल लगायत शेर्पा समुदायका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

फोटो एभरेष्ट टाइम्स न्युज