काठमाडौँ – काठमाडौंमा बसोबास गर्दौ आउनु भएका शेर्पा समुदायलाई लक्षित गरी शेर्पा फुड फेस्टिभल यही माघ ३ र ४ गते अर्थात जनवरी १७ र १८ मा आयोजना हुने भएको छ ।


म्याक्स इभेन्ट अर्गनाइजरले बार्षिक रुपमा आयोजना गर्दै आएको कार्यक्रममा शेर्पा समुदायको खानाका परिकार, सांस्कृतिक र सांगीतिक प्रस्तुती रहने म्याक्स इभेन्ट अर्गनाइजरक अध्यक्ष डिजे ङवाङ शेर्पाले जानकारी दिनु भयो ।   चुच्चेपाटी स्थित ह्यात मैदानमा हुने कार्यक्रममा यस बर्ष चर्चित र्यापर ‘भिटेन’, द भ्वाईसअफ नेपाल सिजन २ का टप ८ याङ्की ह्योल्मोको प्रस्तुत रहने आयोजकले बताउनु भयो ।  साथमा चर्चित गायक गम्बु शेर्पाको विशेष प्रस्तुती रहने छ ।
कार्यक्रमको आकर्षणका रुपमा गायिका मिङ लामा, ल्हमु शेर्पा, गायकहरु छेवाङ लामा, दावा के शेर्पा, गोम्पो शेर्पा, , दावादिन शेर्पा, साङ्गे शेर्पा, कुसाङ शेर्पाको प्रस्तुती देख्न सकिन्छ । त्यस्तै डिजे ङावाङ, डिजे सोनामले समेत डिजेसेन रहने आयोजक संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
उहाँले  शेर्पा संस्कृतिका बारेमा बुझ्न र नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न यस कार्यक्रमले सहायोग मिल्ने विश्वास लिएको भताउनुभयो ।  कार्यक्रममा शेर्पा परिकारका लागि ‘स्टलहरु बुकिङ’ खुल्ला गरिएको  समेत आयोजकले जानकारी दिनु भयो ।