शेर्पा संञ्चार संवाददाता काठमाडौं साउन ९
शेर्पा संघ युरोपले शेर्पा सञ्चार समूह नेपाललाई पचास हजार रुपैया सहयोग प्रदान गरेको छ ।
शेर्पा सञ्चार समूह नेपालको केन्द्रीय कार्यलयमा शेर्पा संघ युरोपको अध्यक्ष दावा ग्याल्जेन शेपाले शेर्पा सञ्चार समूह नेपाललाई नगद रु पचास हजार रुपैंया प्रदान गर्नु भएको हो । सोलुखुम्बु गोलि घर भइ जर्मनमा बस्दै आउनु भएका समाजसेवी दावा ग्याल्जेन, शेर्पा संघ युरोपका अध्यक्ष तथा शेर्पा सञ्चार समूह नेपालको संरक्षक सदस्य समेत रहनु भएको छ । सो भेटघाट कार्यक्रमा शेर्पा सघं दक्षिण कोरियाका उपाध्यक्ष आङ सोनाम शेर्पाको समेत सहभगिता रहेको थियो । उक्त रकम भने शेर्पा संञ्चार समुह नेपालकी वर्तमान अध्यक्ष निमलेकि शेर्पा र वर्तमान महासचिव पासाङ शेर्पाले ग्रहण गर्नु भएको थियो ।

दक्षिण कोरियाका उपाध्यक्ष आङ सोनाम शेर्पाले भने आगामी कार्यकालमा सहयोग गर्ने प्रतिवद्यता समेत गर्नु भएको छ । शेर्पा संञ्चार समुह नेपालले विगतका दिन हरुमा शेर्पा समुदायहरुमा उद्धघोषण तालिम फोटो ग्राफी तालिम समाचार लेखन तालिम लगायत अन्य तालिम हरु दिंदै आइ रहेको छ ।