sherbahadur deuba

काठमाडौँ : प्रसिद्द समाजसेवी अमेरिका निबासी कुङ्गा टाक्तोक शेर्पा र नेपाली कांग्रेशका सभापति तथा पुर्ब प्रधानमन्त्रि शेर बहादुर देउबा बीच भेट बार्ता सम्पन्न भएको छ l गैह्र आवसीय नेपाली संघ अमेरिकाको विजनेस टाक्सफोर्सका डाईरेक्टर समेत रहनु भएका समाजसेवी कुङगा शेर्पा र सभापति देउबा बीच समसामाहिक राजनीति घटना क्रम, गैह्र आवसीय नेपालीहरुले नेपालमा कसरि सुरक्षित लगानी बढाउने, यसका सुरक्षाका चुनौतीहरु, संसार भर छरिएर बसेका गैह्र आवसीय नेपालीहरुको हकहितका लागि नेपाल सरकारको दायित्व, नेपालमा बढ्दो बेरोजगारी र त्यसका समाधान तथा गैह्र आवसीय नेपाली संघको आउदो निर्बाचनको बारेमा बिस्तृत छलफल भएको थियो l उक्त समसामाहिक बिषयमा छलफल गर्दा नेपाली कांग्रेशका सभापति तथा पुर्ब प्रधानमन्त्रि शेर बहादुर देउबा सकारात्मक रहेको र उहाले यस बिषयमा पहल गर्ने बताउनु भएको कुरा समाजसेवी शेर्पा बताउनु हुन्छ l सन १९९२ देखि नेपालमा अनाथ अपाङ्ग देखि शिक्षा, खेलखुद र संचारक्षेत्रमा सेवा र लगानी गर्दै आफ्नो नेपाल आमा प्रतिको दायित्वलाई पनि निर्बाह गर्दै आउनु भएका कुङ्गा शेर्पा अहिले राजनीति तथा अन्य समाजका बरिष्ट व्यक्तित्वहरु संग भेटघाट तथा छलफलमा ब्यस्त रहदै आउनु भएको छ

सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका -३ बेनीमा जन्मनु भएको शेर्पा बिगत २० बर्ष देखि अमेरिकामा बसोबास गर्दै आउनु भएको छ l बिगत लामो समय देखि अमेरिका तथा कोरियामा व्यापार ब्यबसाय गर्दै आउनु भएका कुङगा टाक्तोक (शेर्पा) एक ब्यबसायी मात्र नभएर मनकारी, दिन दुखि अनाथहरुको सेवामा हरपल लागि पर्ने समाजसेवी पनि हुनु हुन्छ