शेर्पा सञ्चार समूह नेपालको केन्द्रिय पदाधिकारीहरुको फोटो सहितको संस्थाको लोगो सगरमाथामा पहिलो पटक फहराएको छ । विगत लामो समय देखि पर्यटन व्यवसायीको रुपमा काम गर्दै आउनुभएका ङिमा तेण्डी शेर्पा   शेर्पा सञ्चार समूह नेपालमा सदस्य हुँदै केन्द्रिय कोषध्यक्षको रुपमा  कार्यरत छन । ङिमा तेन्डी शेर्पाले आफ्नो पहिलो आरोहणका क्रममा संस्थाको लोगो सगरमाथामा फहराएको हो । शेर्पाले मे २३ २०१९ को विहान ३ः१५ बजे सफल आरोहण गर्नु भएको थियो ।

आरोही शेर्पालाई गत फागुन २४ गते शेर्पा सञ्चार समूह नेपालका केन्द्रिय  अध्यक्ष निम्लेकी शेर्पा र महासचिव पासाङ शेर्पाले शेर्पा संञ्चार समूह नेपाल डटकम डटएनपि लोगो हस्तान्तरण गर्दै आरोहण सफलताको शुभकामना दिनुभएको थियो ।
सगरमाथाको चुचुरोमा शेर्पा सञ्चार समुह नेपालका झण्डा फहराएको खबर पाउनसाथ शेर्पा सञ्चार समुह नेपालका परिवारले तथा अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्नुभएको छ ।
कोषध्यक्ष ज्युको यो सफलता हामी सबैका लागि महत्वपुर्ण क्षण हो । हामी निकै हर्षित छौ ।