हिमालयन शेर्पा बौद्ध सस्कृती संरक्षण समाजको प्रथम अधिबेशनबाट स्यान्टक टुल्कु रिन्पोछे अध्यक्षमा चयन हुनु भएको हो । सोमबार काठमाडौको बौद्ध टुसालमा सप्पन्न भएको कार्यक्रमबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यमा सप्पन्न भएको कार्यक्रममा शेर्पा समुदायक विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्तिथि रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामाले समाजमा रहेको सामाजिक बिकृतिहरुलाइ खेन्पो लोपेन ज्युहरुको प्रवचनको माध्यमबाट निर्मुलिकरण गर्नु पर्नेमा जोड दिनुभयो ।
संस्थाले आफ्नो स्थापना कालदेखि बौद्ध दर्शन सम्बन्धि विभिन्न गतिविधि ङोडु,तिर्थ भ्रमण जस्ता विभिन्न कार्यहरु गर्दै आएको छ।