ओखलढुंगा खिजिदेम्बा गाउँपालिकामा शेर्पा संचार समूह नेपालको तदर्थ समिति गठन भएको छ । २०७५ चैत्र २३ गते शनिबार दिन शेर्पा संन्चार समुह नेपालका केन्द्रिय महासचिव पासाङ शेर्पाको विशेष उपस्थितिमा शेर्पा सञ्चार समूह नेपाल जिल्ला सम्बादाता समेत रहेका जुझारु युवा शेरसाङे शेर्पाको संयोजकमा ११ सदस्य तदर्थ समिति गठन गरिएको हो ।