ताप्लेजुङको सुकेटारमा तेस्रो (विश्व शान्ति पूजा) वज्रगुरु मन्त्रजप कार्यक्रम समापन भएको छ । २०७५ चैत्र २०,२१ र २२ गते तीन दिन सन्चालन भएको थियो । परम श्रद्धेय शेक्षेन राब्ज्यम रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिएको वज्रगुरु पूजामा शेक्षेन गोन्पाका लगायत विभिन्न गोन्पाका लामाहरूको सहभागीता रहेको थियो । स्थानीय ओम राइले ब्यतिगत पहलमा १८ फिट अग्लो बुद्धको प्रतिमा समेत स्थापना गरिएको छ । मन्त्रजपमा पूजामा छिमेकी जिल्ला इलाम,सिन्धुपाल्चोक,काठमाडौ ,पाँचथर लगायत ताप्लेजुङका विभिन्न नगरपालिका तथा गाँऊपालिकाका श्रद्धालु भक्तजनहररूको बाक्लो उपस्थित रहेको मुल कार्यक्रम आयोजक समितिका सदस्य पासाङ रिता शेर्पाले जानकारी दिनु भयो