सोलुखुम्बूको कुलुङ क्षेत्र चेपेल,खिरौले,चेरेम,जुके मार्मेकू र गाईखर्कका शेर्पाहरुको साझा संस्था कुलुङ शेर्पा किदुकको ५ औं अधिवेशन काठमाडौंमा शनिबार (आज) सम्पन्न भएको छ । शेर्पा समुदायको भाषा, धर्म र संस्कृतिको जर्गेना गर्ने उदेश्यले बि.स.२०६५ सालमा काठमाडामौं स्थापना भएको संस्थाको ५ आंै अधिबेशनबाट ङिमा नुर्बु शेर्पाको अध्यक्षमा १३ नयाँ केन्द्रिय कार्यसमिति चयन गरिएको छ । त्यसैगरी कार्यसमितिमा ल्हक्पा कितार शेर्पा उपाध्यक्ष, मिङमा शेर्पा महासचिव ,ङिमा साङ्गे शेर्पा सचिब, कर्साङ शेर्पा कोषाध्यक्ष ,सदस्यहरु टशी शेर्पा मिङमा नुरु शेर्पा ,ल्हक्पा देण्डी शेर्पा ,देण्डी शेर्पा गाल्देन शेर्पा ,देण्डी शेर्पा, पासाङ शेर्पा ,फुर्किमा शेर्पा चयन भएको छ । किदुगले स्थापनाकाल देखि नै बार्षिक रुपमा लोसार कार्यक्रम र सामाजिक कार्य गर्दै आइरहेको छ ।