रामेछाप -उमाकुण्ड गाउँपालिका वडा नं. २,देउरालीमा वडा नं. १ को वडा अध्यक्ष नुर्वु शेर्पाको नेतृत्वमा बसेको आम भेलाले प्रदेश सभबाट विनियोजित ५० लाख रकम सडक स्तरउन्नति लगि  काजी शेर्पाको अध्यक्षतामा ११ सदस्यीय उपभोक्त समिति गठन गरिएको छ ।

समितिमा काजी शेर्पा अध्यक्ष,खेमराज सुनुवार उपाध्यक्ष,उपेन्द्र कार्की सचिव,कान्छी माया शेर्पा कोषाध्यक्ष छन् भने सुरेन्द्र सुनुवार,ङवाङ छोतेन शेर्पा,ङिमा साङ्गे शेर्पा,आङ पासाङ शेर्पा,छिरिङमा शेर्पा,ङावा तेम्बा शेर्पा र कमिनी शेर्पा सदस्यहरु रहेका छन् ।

उपभोक्त समिति गठनसंगै तत्काल प्रविधिक लागत गरि काम अगाडि बढउने  कार्यपालिका सदस्य नुरु शेर्पाले बताउनु भयो ।

समितिले उमाकुण्ड गाउँपालिका र गुम्देललाई जोड्ने छिपछिपे,देउराली,सेर्दिङ्ग,गुम्देल सडक स्तरउन्नति कार्य गर्नेछन् ।उक्त कार्यक्रममा उमाकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य नुरु शेर्पा,उमाकुण्ड गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रमेश सुनुवार लगयत गुम्देल,बाम्ती र कुभुँकास्थलीको सरोकारवाला व्यक्तिहरुको सहभगिता थियो ।

 सडकको स्तरउन्नति भएपछि रामेछाप उमाकुण्ड गाउँपालिकाको उत्तरी विकाट वडासंग बाह्रै महिना यातायात पहुँच पुग्नेछ  आश स्थानीयले र्हेको छ।