गौतम बुद्ध फिल्स्ले पहिलो पटक आयोजना गरिरहेको मिस टिन र मिस्टर टिन शेर्पा २०१९ को ट्यालेन्ट शो राजधानीमा सम्पन्न भएको छ । नया“ वस्थि स्थित स्यान्वी होटलमा आयोजना भएको ट्यालेन्ट शो मा प्रतियोगितामा सहभागी प्रतियोगिहरुले आ–आफ्नो प्रतिभा देखाएको थिए । विशेष गरी शेर्पा समुदायका किशोर किशोरीहरुको प्रतिभालाई उजार्गर गर्न भन्दै मिस्टर एण्ड मिस टिन २०१९ को प्रतियोगिता गर्न लागिएको हो । उनीहरुको व्यक्तित्व विकास तथा भाषा, कला सा“स्कृतिलाई संरक्षण गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने भएकाले प्रतियोगिताको आयोजना गरेको आयोजकको दावी छ । ट्यालेन्ट शो मा २५ जना प्रतियोगीहरुले नृत्य,भाषाण,तस्बिर बनाउने कला ,लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । प्रतियोगिताको फाइनल आगामी माघ १ गते प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ ।