काठमाडौँ– मिस्टर एण्ड मिस शेर्पा घोषणा भए लगतै मिस्टर र मिस टिन शेर्पा प्रतियोगिता सुरु भएको छ । गौतमा बुद्ध फिल्मीस प्रा.लि. द्धारा शेर्पा समुदायका किशोर किशोरीहरुको प्रतिभालाई उजार्गर गर्न भन्दै मिस्टर एण्ड मिस टिन २०१९ को प्रतियोगिता गर्न लागिएको हो ।

उनीहरुको व्यक्तित्व विकास तथा भाषा, कला साँस्कृतिलाई संरक्षण गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको गौतमा बुद्ध फिल्मीस प्रा.लि.का प्रवन्धक लाक्पा शेर्पाले (अमोद) ले जानकारी दिनुभयो ।

प्रतियोगितमा ४२ जना प्रतियोगीहरुको सहाभगिता रहने छ । अडिसन राउण्ड सकिएसंगै भोली शनिबार ट्यालेन्ट सो राउण्ड हुनेछ । सो कार्यक्रम बौद्धस्थीत नयाँ बस्तीको स्यान भी होटलमा हुने छ । प्रतियोगीहरुले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगीतामा शेर्पा भाषालाई प्राथमिक्ता दिनु पर्ने छ । पौष २८ गते काठमाडौँ स्थीत प्रज्ञा बभवनमा फाइनल प्रतियोगिता हुने छ। यो प्रतियोगिताले शेर्पा समुदायका किशोर किशोरीहरुमा भएक प्रतिभालाई देखाउने सहयोग पुगने आयोजक संस्था अंश लिएको पाईन्छ ।