मिस्टर तथा मिस टिन शेर्पाको पहिलो छनोट चरण सम्पन्न मिस्टर तथा मिस टिन शेर्पा छनोटको पहिलो चरण सकिएको छ। शनिबार पिपलबोटस्थित सान्बी होटेलमा भएको छनोट चरणमा चालीस भन्दा बढी प्रतिस्पर्धीहरु सहभागी भएका छन्। गौतम बुद्ध फिल्म प्रा. लि ले आयोजना गरेको यो प्रतियोगिता पहिलोपटक हो। बिशेगरि शेर्पा सस्कृतीलाई बचाउन तथा शेर्पा युवाहरूमा भएका प्रतिभाहरुलाई बाहिर उजागर गर्नका साथै ब्याक्तित्व बिकासलाई समेत जोड दिइ यो आयोजना गरेको हो। प्रतियोगितामा शेर्पा समुदायका १३ देखि २० बर्ष उमेरसमुहका सहभागीहरु छन् । प्रतियोगितामा आयोजकले यस्का केही मापदण्डहरु निर्धारण गरेका छन् । जस्मा प्रतियोगीहरु शेर्पा समुदायका हुनुपर्ने , २० बर्षभन्दा तल उमेरका हुनुपर्ने , अविवाहित हुनुपर्ने जस्ता छन् । पहिलो चरण छनोटको नतिजा भने आइतबार सार्वजनिक हुने आयोजकले बताउनुभएको छ।