नेपाल शेर्पा विद्यार्थी संघले नेपाल भरका विभिन्न कलेजहरुमा अध्ययनरत शेर्पा विद्यार्थीहरुलाई छात्रावृद्धिका लागि फारम भर्न आह्वान गरेको छ । प्रत्येक वर्ष लोसारको अवसरमा विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत छात्रा तथा छात्रहरुलाई विद्यार्थीको पढाई तथा पारिवारिक अवस्था हेरेर छात्रवृद्धि दि“दै आएको छ । संस्थाले यो वर्ष पनि छात्रावृद्धिका लागि फारम आह्वान गरेको हो । त्यसको साथै संस्थाको २५ औ वार्षिक उत्सव रजत जयन्तीको अवसरमा यो वर्ष स्नातक तहमा अध्ययनरत तीन जना शेर्पा विद्यार्थीलाई कलेजमा लाग्ने सम्पुर्ण शुल्क व्यर्होने गरी विशेष छात्रावृद्धि समेत प्रदान गर्ने संस्थाका अध्यक्ष्ँ साङगे मिङमा शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो । विगत दुई दशक देखि शेर्पा समुदाय शिक्ष्ाँ क्षेत्र र शिक्षित समुदायको निर्माण साथै शेर्पा विद्यार्थीहरुको नेतृत्व विकासका लागि विभिन्न मञ्चहरु समेत सृजना गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। त्यसका साथै शेर्पा विद्यार्थीहरुको हक हित स्थापना तथा जातिय विद्यार्थी संगठनबाट विभिन्न क्षेत्रमा लाग्नका लागि उत्प्रेरण समेत दि“दै आएको छ ।

फारम