पहिलो पटक आयोजना हुन लागेको मिस्टर टिन शेर्पा र मिस टिन शेर्पा प्रतियोगिताको फारम खुला गरिएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि ले आयोजना गर्न लागेको प्रतियोगिता विशेषगरी शेर्पा समुदायका टिनयजर्ज युवायुवतीहरुलाई लक्षित गरी आयोजना गर्न लगिएको हो । शेर्पा समुदायका किशोर किशोरीहरुको ब्यक्तित्व विकास साथै शेर्पा संस्कृति तथा परम्पराको संरक्षण तथा प्रचारका लागि समेत टेवा पु¥याउने उदेश्य सहित ‘मिस्टर एण्ड मिस टिन शेर्पा २०१९ ’ को आयोजना गर्न लागेको आयोजकले जनाएको छ । राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगिताहरु भए पनि शेर्पा समुदायको युवायुवतीहरुको एकदमै न्यून उपस्थिति भएकाले पनि यस्तो प्रतियोगिता सुन्दरता लागि मात्र नभई उनहिरुको व्यतिmत्व विकास साथै आफ्नो समुदायगत पहिचान र महत्वप्रति पनि सजग गराउन यो प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष कलाकार छिरिङ डोमा शेर्पाले जानकारी दिनुभयो । शेर्पा समुदायका किशोर किशोरीहरुको लागि यो सबैभन्दा ठुलो अवसर तथा उनीहरुकोे लुकेको प्रतिभालाई देखाउने महत्वपुर्ण अवसर समेत भएको उनको दावी छ । साथै यस इभेन्टले किशोरकिशोरीहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्नुका साथै भविष्यका लागि मार्गदर्शन गर्नमा ठुलो सहयोग पुग्ने आशा आयोजकले लिएको छ । युवा पिँडीमा नेतृत्व विकासको क्षमता प्रदान गर्नुका साथै शेर्पा कल्चरको संरक्षणमा पनि यो इभेन्टले सहयोग गर्ने आयोजकको विश्वास छ ।
प्रतियोगितामा सहभागी हुन चाहने शेर्पा समुदायका किशोरकिशोरीहरुले नाम दर्ता गर्नका लागि गौतम बुद्ध फिल्म प्रालि (९८०८११२३१४१ र ९८२३१४३००१) मा सम्पर्क गर्न सक्ने छ । प्रतियोगीताको लागि अर्को हप्ता अडिशन हँुदैछ । नयाँबस्ती तामाङ गुम्बा जाने बाटोमा रहेको शानभी होटल एण्ड स्पोर्ट क्ववमा अडिशन हुने आयोजकले जनाएको छ ।
मिस्टर एण्ड मिस शेर्पा २०१९ मा सहभागी हुन निम्न अनुसार मापदण्ड निर्धारण गरिएको छ
प्रतियोगीतमा सहभागी हुनका लागि शेर्पा समुदायको हुनु पर्नेछ । अन्य समुदायको प्रतियोगीले सहभागी हुन पाउने छैन । उमेरको हकमा १३ देखि २० बर्ष सम्मको हुनु पर्नेछ भने स्कुल तथा कलेज लेवर शिक्षा प्राप्त गरेको हुनु पर्नेछ । सहभागी हुन उचाइमा बार लगाइएको छैन । उचाइ जेजति भएपनि हुने आयोजकले जनाएको छ । प्रतियोगी अविवाहित हुनु पर्नेछ ।