नेपाल शेर्पा कलाकार संघको पहिलो वार्षिक सधारणसभा तथा अधिवेशन मंसिर २२ गते शनिवार अर्थात भोली हुने भएको छ । मुलत शेर्पा समुदायका विभिन्न विधाबाट कलाकारिता क्षेत्रमा अग्रसर शेर्पा कालकारहरुलाई एकरुपता ल्याउने उदेश्य सहित स्थापना भएको संघले कलाकारहरुका लागि विभिन्न मञ्चहरु समेत सृजना गर्दै आएको छ । मिति २०७४ पौषमा कलाकार डि.जे ङवाङ शेर्पाको अध्यक्षतामा तर्दर्थ समिति गठन गरी काठमाडौमा जिल्ला प्रशासनमा विधिवत रुपमा दर्ता भई सञ्चालनमा रहेको छ । संस्थाले भोली हुने साधारणसभा र अधवेशनबाट कार्यसमितिलाई पुर्णता दिई प्रभावकारी रुपमा निरन्तर काम गर्ने संस्थाका सचिव कलाकार दावा के.शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो । स्थापनाको छोटो समयमा नै विभिन्न कार्यक्रम गर्दै आएको संस्थाले प्रथम साधारण सभा गर्न लागेको हो । भोली हुनेअधिवेशनबाट ११ जनाको नयाँ कार्यसमिती चयन गर्ने सचिव दावा के शेर्पाले बताउनुभयो । समुदायका कलाकार, विशिष्ठ व्यक्तित्व लगायत शेर्पा संघ संस्थाको प्रतिनिधित्वको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रम विहान ९ बजे मेडिकल कलेज एम.डि रेष्टुरेन्टमा हुनेछ ।