शेर्पा किदुग साईप्रसले स मो फाग् लो २१४६ औ ग्याल्पो ल्होसार फेब्रुवरी १० मा आयोजना गर्ने भएको छ । रोजगारी साथै विभिन्न शिलशिलामा साइप्रसमा बस्दै आएका शेर्पा समुदायले स्थापना गरेको किदुगले विगतमा जस्तै यस वर्ष पनि विविध साँस्कृतिक कार्यक्रम गरी लोसार मनाउन लागेको संस्थाका अध्यक्ष नुमु शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो । लोसारको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रमका लागि शेर्पा समुदायको नादिङ गायक सोनाम शेर्पा कोशिस सहित स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने अध्यक्ष शेर्पाले बताउनुभयो ।साईप्रसको लिमासोलमा रहेको ट्रिककिस प्यालेसमा फेवु्रवरी १० मा हुने गइरहेको कार्यक्रममा शेर्पा समुदायको सांस्कृतिक परम्परा अनुसार लोसार कार्यक्रम गर्ने संस्थाले जनाएको छ ।