शेर्पा संघ बेलायतले बिगतका बर्षहरुझैं यस बर्ष पनि शेर्पा समुदाय प्रमुख पर्व लोसार र ल्हप्सो पुजा कार्यक्रम भब्यको साथ आयोजना गर्न भएको छ । संघले शेर्पाहरूको भाषा,धर्म,कला संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान , जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान ” भन्ने मुला नारा सहित स मो फ्का लो २१४६ औं ग्याल्पो लोसार अवसरमा १६ फेब्रुवारी २०१९ शानिबारको दिन विभिन्न कार्यक्रम सहित ग्याल्पो लोसार मनाउने तयारी गरिरहेको संस्थाका महासचिव रिन्जी शेर्पा लामाले जानकारी दिनुभयो ।
४ नोभेम्बर २०१८ बसेको कार्यसमितिको बैठकले बेलायतका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी भइ रहेको जनाएको छ । कार्यक्रममा गैर  आबसीय संघ बेलायत, नेपाल आदीबासी जानजाती महासंघ बेलायत र अरू जातीय संघ संस्थाका प्रतिनिधिहरुले पनि सहभागीता जनाउने महासचिव शेर्पाले बताउनुभयो ।


लोसार आयोजक कमिटीमा आड. फुर्बाशेर्पा संयोजक, सहाल्लाकार आड. काल्जड. लामा, चाँद लामा, दावा शेर्पा, पासाड. गोपार्मा शेर्पा, निमा शेर्पा र दावा शेर्पा रहेका छन । साथै शेर्पा संघ बेलायतको संस्कृति सचिब ( culture secretary) श्रीमती आड. लाक्पाले श्यब्रु र शेर्पाको संस्कृति सम्बन्धी तालिम १० नोभेम्बर २०१८ देखि सुरु भइ सकेको छ । शेर्पा संघ बेलायतले ल्हप्सो पुजा ७ फेब्रुवारी २०१९ बिहीबारको दिन बुद्धिष्ट कमुनिटी सेन्टर युकेको गुम्बामा अयोजान गर्दै छन्। ल्हप्सो आयोजक कमिटीमा काजी शेर्पा संयोजक, दोर्जी शेर्पा, निमा शेर्पा, फुरि गेल्जेन शेर्पा र सोनाम शेर्पा छन्। ल्हप्सो हुने सबै खार्चा र लामालाई कुइन (दक्षिणा) आयोजक कमिटीले बेहोर्ने काजी शेर्पा बैठकमा जानकारी गराएका थिए । काजी शेर्पाले नेपालबाट खेन्पो ( आचार्य) कुसाड. शेर्पा लामा ल्याउने र संघले स्पोन्सरको लागि सहायोग गर्ने भएको छन्। ल्हप्सोमा गुम्बाको लामा र अरू स्थानीय लामा निमन्त्रणा गर्ने भएको छ ।

कार्यक्रम हुने समय र स्थान

Venue Details: Todor park sports & Leisure,

BrowellÚs lane

Feltham

Tw13 7EE

Date: 16 February 2019

Time: 1400hrs

Lhapso puja, sherpa Association UKÚs organisers committee on Thursday 7th February 2019

Date: 7Th February 2019

Time: 1000hrs

Venue: Buddhist community centre UK

8 high street

Aldershot

GU11 1TW