विगत लामो समयदेखि शेर्पा समुदायको साँस्कृतिक संगित क्षेत्रमा कलम चलाउँदै आउनुभएको गायक निर्त्यकार तथा संगीतकार देन्डी शेर्पा अमेरिकामा रहेर पनि आफ्नो योगदानलाई निरन्तरता दिइ राख्नु भएको छ । शेर्पाले पहिलो पटक शेर्पा भाषा कला र संस्कृतिको प्रवद्र्नार्थ न्यू योर्कमा शशी क्यिपु च्यिला ला योए बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ । २०१८ को नयाँवर्षको ल्हप्सु कार्यक्रम मा शेर्पा किदुक् अमेरीकाका अध्यक्ष उर्गेन शेर्पाले बिमोचन गर्नु भएको २ वटा गिती एलबमको एक साथ विमोचन गर्नु भएको थियो । विभिन्न २० वटा गितहरू समावेश गरिएको नयाँ शेर्पा कल्चरल एन्ड वेडिङ सोँङ्स् गिती एल्बम २०१८ अन्तर्गत शशी क्यिपु च्यिला ला योए अर्थात एउटा सुन्दर र सुखमय गाउँ छ बोल को गीत मा म्युजिक भिडियो शेर्पा आफैको नीर्त्य निर्देशन समेत रहेको छ । नयाँ गिती एयल्बम को शब्द तथा लिरिक्सको सम्पादन न्यू योर्क मा बसोबास गर्नु हुने आदर्णीय धर्म गुरु डाक्टर युला शेर्पा, लामा उर्गेन टुल्कु खाम्बाचे, लोपेन ग्युर्मे छोड्राक र नेपाल मा रहनु हुने खेन्पो ङवाङ लोडुप ज्युले गर्नु भएको कलाकार आङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

यस गीतमा गायक देन्डी शेर्पा सहित गायक गाम्बु शेर्पा, आङ ग्याल्जेन शेर्पा ठाकतोक, दावा ल्हमु शेर्पा ठाकतोक पासाङ फुटी शेर्पा ठाकतोक र जिमा शेर्पा लामाको स्वर रहेको छ ।
त्यसै गरी नृत्य गर्ने कलाकार हरुमा देन्डी शेर्पा ठाकतोक’ आङ ग्याल्जेन शेर्पा, ठाकतोक, छिरीङ शेर्पा ठाकतोक, आङ पासाङ शेर्पा लामा, ग्याल्जेन शेर्पा गोले, सोनाम छिरीङ शेर्पा ठाकतोक, र ग्याल्छेन शेर्पा ठाकतोक, दावा ल्हमु शेर्पा ठाकतोक, फुडोमा शेर्पा सलाका, ङिमा कान्छी शेर्पा  पीनासा  फुर्वा डोल्मा शेर्पा लामा, पासाङ याङ्जी शेर्पा टाकतोक, जाङ्मु शेर्पा गोले’ र डोल्मा शेर्पा सलाका रहेका छन । शेर्पा समुदायमा भाषा कला र संस्कृतिको संरक्षणका लागि निरन्तर देन्डी शेर्पाले करिब १५० भन्दा बढि शेर्पा गीतहरु रेकर्ड् गरी सक्नु भएको छ । नयाँ म्युजिक भिडियोकोे छायांकन तथा सम्पादन पासाङ शेर्पाले गर्नु भएको छ ।