विगत लामो समयदेखि नादिङ सेलोका सृजनाहरु दर्शकमाझ पस्कदै आएको गायक सोनाम कोशिस शेर्पा कोशिसले आफ्नै शब्द तथा संगितमा पोखराको फेवाताल बजारमा ल्याएको छ । गायिक पेमा शेर्पा र सोनाम कोशिस आफ्नै स्वरमा शुक्रबार नादिङ सेलो “पोखराको फेवा ताल” युट्युव मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको दुइ दिन मा नै तीन हजार बढिले हेरिसकेका छन । आफ्नो प्रतिक्रियाहरु दिइरहेका छन । शेर्पा समुदायको मौलिक पहिचान बोकेको नादिङ पछिल्लो समय कम मात्र सुन्न पाइन्छ । समुदायका केहि कलाकारले नादिङको संरक्षण कै लागि भए पनि बजारमा निकालिएका छन । नादिङ भाकामा विगत लामो समयदेखि आफ्नो कलम चलाउ“दै आएका शेर्पा केहि बर्ष विदेशबाट नेपाल आए लगत्तै नया“ नादिङ बजारमा ल्याएको हो । बिशेष गरी शेर्पा समुदायको मौलिक पहिचान नादिङ लोप हुनु हु“दैन भन्ने मान्यता साथै आफ्नो रुचिका कारण पनि यस क्षेत्रमा कला र गला दुवैको लगानी गरिरहेको सोनाम कोशिकको भनाइ छ । काठमाडौको बालुवाखानीमा छायाङकन गरिएको म्युजिक भिडियोमा मोडल छिरिङ डोमा शेर्पा र साङगे शेर्पाको प्रस्तुति रहेको छ । म्युजिक भिडियोको निर्देशन सुर्य लामाले गरेका छन ।
भिडियो

New Selo Nading 2018 || Pokharako Fewa Taal by Sonam Sherpa (Koshish) and Pema Sherpa (TakTok)