हृदयघात भएर लामो समय देखी उपचारत दोलखा गौरीशंकर गाउँपालीका -९ घर भइ, दक्षिण कोरिया जिन्जु मा कार्यरत आङकामि शेर्पाको 2018-10-26 का दिन हस्पिटलले मृत घाेषणा गरेकाे छ । उपचारका लागि प्रयासरत रहदा रहदै पनि उपचार असफल रहेकोमा कोरियानिवसी सम्पुर्ण नेपालीहरुलाई भावबिह्वल बनाएको छ । कामी शेर्पाको मृत शरीर नेपाल सम्म पठाउन र हस्पिटल खर्चका लागि आर्थिक अभाव रहेकाले कोरियानिवसी नेपालीहरुले आर्थिक सहयोगको जुटएर मृत शरीर आज 2 तारीख शुक्रबार नेपाल पठाइने शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष पासाङ शेर्पा जानकारी दिनु भयो । स्व.आङ कामी शेर्पाको सहयोग रकम सर्बजनिक गर्नको लागी पत्रकार सम्मेलन छ्योमिन (दीप प्रज्वालन), श्रद्धाञ्जली सभा एकै दिन हुने छ । सम्पुर्ण सहयोग दाताहरुलाइ मृतकको परिवार तथा अभियानकर्ताहरुको तर्फबाट धन्यवाद दिदै सम्पुर्ण आर्थिक गतिविधि पारदर्शी तरिकाले पत्रकार सम्मेलनमा सर्बजनिक गरिने कुरा अध्यक्ष पासाङ शेर्पा बताउनु भएको छ ।