काठमाडौं असोज २६ । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका-१, क्यामा जन्मेको नव गायक कुसाङ सोनाम शेर्पाको आवाजमा रहेको तुईन गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाट मर्मस्पर्शी आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गाउँमा अझै तुईनबाट जोखिम पूर्ण यात्रा गर्न बाध्यता रहेको र गाउँमा अौषाध उपचार तथा खाना नपाएको सबै जना सहर केन्द्रित भएको कारण गाउँको समस्यहरूमा कसैको ध्यान नगएको कुरालाई आफ्नो गीतमा व्यक्त गरेको छन । त्यसैले तुईनको विकल्प खोजौ तुईन विस्थापित गरौ भन्ने भावको दृश्यलाई म्युजिक भिडियोमा मार्मिक रूपमा उतारिएको छ ।

स्टिमा स्टुडियो मार्फत बजारमा आएको म्युजिक भिडियोमा पेम्बा शेर्पा ,बोम्बे शेर्पा लगायत अन्य कलाकारहरूले जीवन्त अभियान गरेको छन् । भबेश भुमरी शब्द रचना रहेको गीतलाई टिक भण्डारीले मर्मस्पर्शी संगीत भरेका छन् । एरेञ्ज सज सिङ अधिकारी रहेको छ भने म्युजिक भिडियोको छायांकन निरज श्रेष्ठ गरेको छन् । भिडियो निर्देशक संमान अधिकारीले गरेका छन् ।

कुसाङ सोनाम शेर्पा यो पहिलो गीत रहेको र अब दशै लगत्तै अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको बताउनु भयो ।