प्रतिनिधी सभा सांसद यज्ञराज सुनुवारले ओखलढुङमा साहित्य पार्क स्थापना गर्ने बताउनु भएको छ ।
दशै तिहार तथा छठ पर्वको अवसरमा ओखलढुङगा साहित्य समाजले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा साहित्यक पार्क स्थापन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबारबाट नै आपत्कालिन कोष निर्माण शुभारम्भा समेत गरेको छ । कार्यक्रममा राष्ट्रिय गानको रचनाकर प्रदिप राई (ब्याकुल माइला )बलष्णी ढुङ्गेल लगायत शेर्पा समुदायका संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो । राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले ब्यकुल ओखलढुङगाका विकासका लागि सरकारले पनि विशेष जोड दिनुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष्ँ कलाकार गोम्बु शेर्पाले आफ्नो जन्ममा भुमिमा नै बसेर कलाकारिता क्षेत्रका लागि विशेष योगदान दिने बताउनुभयो । ओखलढुंगा जिल्लालाई साहित्यको थलोको रुपा चिनाउ“दै सम्पुर्ण कलाकारहरु लाई आपत्कालिन कोष स्थापना गर्न लागेको पनि स्पष्ट पार्नुभयो । साथै ४ बर्ष भित्र ब्याकुल माइला राष्ट्रिय पुरस्कार प्रदान गर्ने योजनाको बारेमा पनि जानकारी दिनुभयो ।