कर्मारिञ्जी शेर्पा,रामेछाप,२१ असोज – रामेछाप गोकुलगांग गाउँपालिका वडा नं.१ चुचुरेका गेल्जे लामाले एक कार्यक्रम गरि अाज सिद्धेश्वर मा वि बाम्तीभण्डारको छ सय विद्यार्थीहरूलाई ट्याक सुट र दश उत्कृष्ट विद्यार्थीलाई पचास हजार छात्रवृत्ति वितरण गरिएको छन ।

कार्यक्रममा बोल्दै शिक्षाको गुणस्तर सुधार्न शेर्पाले निरन्तर बार्षिक रूपमा सहयोग गर्ने बताउनुभयो । शेर्पाले उक्त विद्यालयको ढल व्यवस्थापन तथा खेलमैदान निर्माण गर्न दश लाख बराबरको सहयोग गर्ने घोषण गर्नुभयो । कार्यक्रममा उमाकुण्ड वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वजा बस्नेत लगायत शिक्षक,विद्यार्थी र अभिभावकहरूको उपस्थिति थियोे ।

शेर्पा सिद्धेश्वर मा वि का पुर्व विद्यार्थी हो भने गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनका प्रबन्धक निर्देशक र प्रख्यात निर्माण व्यवसायी साथै समाज सेवी हुनु हुन्छ । विगत केही बर्ष देखि शेर्पाले शिक्षा ,स्वास्थ लगायत विकासको विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।