ओखलढुंङगा सिद्दिचरण नगरपालिकामा ५ दिने विञान माइन्ड टेक्नोलोजी तथा नेतृत्व विकास तालिम  कार्यक्रम सुरु भएको छ । ओखलढुंगा सिद्दिचरण नगरपालिकास्थित डि.एस म्याक्स क्लब ओखलढुङ खिजिदेम्बाले आयोजना गरेको कार्यक्रम २०७५ असोज ९ गते देखि सुरु भएको हो । नेपाल आदिवासी जनजाती महासंघको सभाहलमा सञ्चालन भइरहेको कार्यक्रम असोज १३ गते सम्म चल्ने संस्थाका अध्यक्ष आङ दावा शेर्पाले जानकारी दिनु भयो । युवाहरुको मञ्चिय कला र युवाहरुको क्षमता वृद्धि र टेक्नोलोजीको आवश्यकता बारेमा विशेष जोड दिई कार्यक्रम सञ्चालन गरेका अध्यक्ष शेर्पाले बताउनुभयो । कार्यक्रममा ६० जना भन्दा बढि प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । असोज १३ गते शनिबार उद्योग वाणिज्य संघको सभाहलमा समापन गरिने कार्यक्रममा    गायक गोम्बु शेर्पा ,हत्केला समाजका अध्यक्ष फुरलाक्पा शेर्पा ,ओखलढुंगा हिमालयन सांस्कृतिक केन्द्रका अध्यक्ष पेमडोमा शेर्पालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । ४ दिन सञ्चालन हुने तालिमको प्रशिक्षक नविन घलले गरिरहेका छन ।