कर्मारिञ्जी शेर्पा,११ असोज,

 

रामेछापको उमाकुण्ड गाउँपालिकाद्धारा उमाकुण्ड

गाउँपालिका भित्र कार्यक्षेत्र हुने सम्पूर्ण संघ संस्थालाई गाउँपालिकाको कार्यालयमा सूचीकृत गर्न सूचना प्रकाशित गरेको छ ।

स्थानीय सरकार एेन सञ्चालन व्यवस्थापन २०७४ आधियनमा रही २०७५ असोज २ को गाउँपालिकाको निर्णय अनुसार उपाध्यक्ष उर्मिला कार्की बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियोे । सो समिति मार्फत उमाकुण्ड गाउँपालिका भित्र सञ्चालन भएको विभिन्न संघ संस्थाहरूलाई यही मिति २०७५ असोज १० देखि २५ गते भित्र आवश्यक कागजात सहित गाउँपालिकसंग समन्वय गर्नको लागी सूचना प्रकाशित गरेको छ ।

स्थानीय तहमा आवद्धता हुनका लागि निवेदन ,अार्थिक बर्ष २०७४/७५ सम्म नवीकरण भएको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी, संस्थाको बार्षिक लेखापरीक्षण प्रगति प्रतिवेदन, बार्षिक कार्य प्रगति प्रतिवेदन र संस्थाको कार्यसमितिको निर्णय चाहिने संघ संस्था संयोजक तथा उपाध्यक्ष उर्मिला कार्की बस्नेतले जानकारी दिनु भयो ।

संस्थागत व्यवस्थालाई परादर्शी,सुव्यवस्थित गरि संगठित बनाउन यस्तो व्यवस्था ल्याएको र समय अवधिभित्र सम्पर्कमा आएर आबद्ध नहुने संघ संस्थाले कुनै पनि गतिविधि गर्न नपाउने पनि उपाध्यक्षले बताउनुभयो ।