शेर्पा भाषाको चलचित्र टिन्छेन फमाको ‘टाशी श्यो’ बोलको गीतले यो वर्षको उत्कृष्ट भाषिक गीतको अवार्ड पाएको छ । गिनिज बुक अफ वल्ड रेकर्डमा रेकर्ड राख्न सफल बिश्वकै पहिलो म्युजिक अवार्ड नेसनल बक्स अफिस म्युजिक अवार्डले भाषागत तर्फ यो वर्षको उत्कृष्ट भाषिक गीत अवार्डका लागि घोषणा गरेको हो । चलचित्र निर्देशक एवं लेखिका आङनिमा शेर्पाको शब्द संगीत रहेको गीत समुदायमा पनि चर्चित गीत मानिन्छ । शेर्पा म्युजिक वल्र्डको व्यानरमा बनेको चलचित्र टिन्छेन फमा फिल्म शेर्पाको एकल लेखन तथा निर्देशनमा बनेको हो ।