संस्थाका अध्यक्ष श्री फुर्किमा शेर्पाको अध्यक्षतामा शेर्पा सञ्चार समुह नेपालको ९ औ साधारण सभा सम्पन्न गरेको छ । शेर्पा सञ्चार समुह नेपालले विगत एक दशक देखि  शेर्पा समुदायको पत्रकारिता क्षेत्रमा सहभागिता तथा विकासका लागि निरन्तर रुपमा काम गदै आएको छ । संस्थाको भदौ तीस गते राजधानीमा हुन लागेको पाँचौ महाधिवेशन पुर्व साधारण सभा सम्पन्न गरेको हो । केन्द्रिय सल्लाहकार तथा पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न साधारण सभाबाट संस्थाको कार्यप्रगति प्रतिवेदन , कोष प्रतिवेदन साथै संस्थाको आगामी योजनाहरु सर्वसम्वतले पारित गरेको छ ।