२१ माघ, भैरहवा । सरकारी अस्पतालमा विरामीहरुले राम्रो सेवा पाउँदैनन्, सरकारी अस्पतालबाट कमिसनको लोभमा निजी महंगा अस्पतालमा विरामीलाई रिफर गर्ने गरिएको जनगुनासो आइरहेको छ । सरकारी अस्पतालमा उपचार हुन नसकी बिरामीहरु कति संख्यामा निजी एवं महंगा अस्पताल/मेडिकलमा रिफर हुँदैछन् ? यसरी रिफर गर्नमा आर्थिक चलखेल छ किन छैन लगायतको विषयमा भैरहवास्थित सरकारी भीम अस्पतालको कार्यबारे अनलाइनखबरकर्मी सलमानखानले तयार पारेको रिपोर्टः

विसं १९९० मा स्थापना भएको रुपन्देहीको जेठो जिल्ला अस्पतालको रुपमा रहेको भैरहवास्थित भीम अस्पताल बिरामीका लागि अहिले ‘रिफर सेन्टर’ मा परिणत भएको छ । सरकारी अस्पतालमा न्युन खर्चमा उच्च गुणस्तर सेवा पाउने उद्देश्यले विरामीहरु सरकारी अस्पतालमा आए पनि उनीहरुको उपचार अस्पतालमा भएको तथ्याङ्कमा देखिँदैन