हिमाल आरोहणको पश्चात फर्कने क्रममा खुम्बु पासाङ्ग ल्हमु गाउँपालिका १ का दोमाई शेर्पाको निधन भएको छ । सगरमाथा आरोहण पश्चत फर्कने क्रममा घाईते भएको शेेर्पा उपचारको क्रममा नाम्चे हस्पिटलमा निधन भएको जनाएको छ । शेर्पाको शवलाई शेर्पा गुम्बामा ल्याएको जुविङ्ग किदुगका उपाध्यक्ष ङिमा तेण्डी शेर्पाले जनाकारी दिनु भयो । मृतक शेर्पा जुविङ्ग किदुगका केन्द्रिय सदस्य समेत रहेको छ ।

मृतक शेर्पा अन्तरास्ट्रिय गाईड समेत हुन । यस बसन्त ऋतुमा हिमालायन एसियन ट्रेक बाट ६ विदेशी अारोही लिएर अारोही गाईडको रुपमा गएको थियो ।


साथै आरोहणकै क्रममा सोही गाविसाका पासाङ्ग नुरु शेर्पाको पनि निधन भएको छ । यस बर्षको बसन्तऋतुमा टिबेटबाट सगरमाथा आरोहणको क्रममा जेठ महिनाको ४ गते निधन भएको हो । मृतक शेेेेर्पाको विषयमा  थप जनाकारी भने पाउन सकेको छैन ।