पहिला शेर्पा महिला पत्रकार डोमा शेर्पाको सगरमाथा आरोहण सफल भएको छ । हिमाली आदिवासीको आवाज विहिनहरुको आवज भन्ने उदेश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथामा मंगलबार बिहान ५ बजे पाईला राख्न सफल भएको हो । चैत्र २७ गते सगरमाथा आधार शिविर तिरा यात्रा सुरु गरेकी शेर्पाले बैशाख ३१ गते नै सगरमाथा आरोहण गर्ने भनिएता पनि स्वास्थमा समस्य देखिएपछि क्याम्प ४ बाट बेस क्याम्प आएका थिए । केही दिनको बसाई पश्चात स्वाथ्यमा सुधार भएपछि शेर्पाले मे २२ मंगलबार सगरमाथा सफल आरोहण गरि सकेको छ ।

शेर्पा सञ्चार समुह नेपालको निवर्तामान अध्यक्ष समेत रहेकी शेर्पाले पायोनियर एडभेञ्चर प्रा. लि बाट सगरमाथा आरोहण गरेकी हुन् । सफल आरोही शेर्पालाई सहयोगी शेर्पा गाईड छाङपा शेर्पाले साथ दिएको थियो । पहिलो शेर्पा महिला पत्रकार डोमा सँगै शेर्पा सञ्चार समुह नेपाल, नेपाल पत्रकार महासंघ, इन्डिजिनियस टेलिभिजन लगायत विभिन्न संघ संस्था र मिडिया हाउसहरुको व्यानार सगरमाथामा पु¥याउन सफल भएको हो ।

पत्रकार शेर्पाले विगत १ दशक देखिनै पत्रकारिता क्षेत्रमा काम गर्दै आई रहनु भएको छ भने ईन्डिजिनियस टेलिभिजनबाट हिमाली आवाज कार्यक्रम सञ्चालन गर्दे आई रहेकी छिन् । शेर्पाले