२२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा जेठ ६ गते राजधानी आई पुग्नु भएको छ । शेर्पालाई स्वागत गर्न याम्बु टमीछो किदुकका प्रतिनिधि लगायत शेर्पा समुदाय स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुगेका थिए ।

सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ग ल्हमु गाउँपालिका ५ थामे घर भएका कामी रिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ औँ पटक सफल आरोहण गरी नयाँ कृतिमान कायम गर्नु सफल भएको छ । उहाँले बुधबार बिहान ८ बजे सगरमाथाको शिखरमा पाईला राख्न सफल भएको थियो । शेर्पा सँगै सात नेपाली र सात बिदेशी आरोही गरि १४ आरोहीले सगरमाथाको सफल आरोहण गरिएको थियो ।