नेपाली कफिको प्रवद्र्धन र प्रचारका लागि सगरमाथा आरोहण गरेकी दावुटी शेर्पाले सफलता पूर्वक सगरमाथा आरोहण गरेका छन् । हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने नाराका साथ सगरमाथा आरोहणमा गएकी शेर्पाले सोमबार विहान सात बजे सगरमाथाको सफल आरोहण गरेको बताएका छन् ।
सगरमाथाको चुचुरो चुमी नेपाली कफी बजारलाई विश्वसामु चिनाउने र कफी उत्पादनमा बृद्धि गरी रोजगारको सृजना गर्ने मुख्य उद्देश्य पुरा भएको छ । शेर्पा २०१३ मा लजिम्पाटमा भएको मितिनी क्याफेबाट बरिस्त भएका हुन् । ६ बर्षको लामो अनुभवले उनी बरिस्त सुपरभईजर हँुदै प्रशिक्षकको रूपमा काम गर्दै आईरहेकी छिन् ।
कफि बजारलाई बिस्तार गर्न उनले आफैंले बौद्ध रामिटीमा मितिनी क्याफेको ब्रान्च समेत खोलेर ब्यबसाय गरिरहेका छन् । शेर्पा सञ्चार समूह नेपालको केन्द्रीय समितमा सदस्य समेत रहेका उनी दोलखा जिल्ला सिमी गाउँका हुन । उनी यो सिजनको सगरमाथा आरोहण गर्ने पहिलो महिला समेत रहेका छन् । शेर्पा बेस क्यामबाट आज(बुधबार) काठमाडौं फर्किदै छ ।

स्रोत : सोलुखबर