नेपाली बजारमा पछिल्लो समय कफीको बजारले प्रशस्त सम्भावना देखिन्छ । सम्भावना सँगै कफी व्यावसायमा यूवाहरुको उत्साह पनि उत्तिकै पाउन सकिन्छ । यसै व्यावसायमा पछिल्लो समय शेर्पायुवाहरु उत्साहका साथ लागि रहेका छन् । त्यसै मध्यका एक हुन् सोलुखुम्बु पावैका एन सोनाम शेर्पा । करिब ५ बर्ष कोरियाको संगर्ष पछि नेपालमा नै केही गर्ने उदेश्यका साथ एन सोनाम लागेका छन् । काठमण्डौँको गोपी कृष्णा नजिकै नल्याण्डा क्याफे खोलेर स्वादेशी व्यावसायमा यात्रा सुरु गरेका हुन् । उनले आफ्नो व्यावसायको माध्ययमबाट नेपाली जनालाई रोजगार समेत दिदै आई रहेकोे छ ।

करिब दुई साता अघि मात्रा उद्घाटन गरेको उनको क्याफेबाट विदेशमा भन्दा बढि आम्दानी लिन सक्ने आशा उनले रखेका छन् । नेपालीहरु विदेशमा हर पसिना बगाउन चाहने तर नेपालमा केही काम गर्न हिचकिचाउने नेपालीको बानीले नेपालमा रोजगारी पाउन नसक्ने उनको भनाई छ । आफु पनि नेपालमा केही गर्न नसक्ने सोचले करिव ५ वर्ष पहिला वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा पुगेको थियो । तर विदेशमा जस्तै परिश्रम गर्ने हो भने नेपालमा नै प्रशस्त सम्भावना रहेको उनको भनाई छ । यही सोचले उनी कफी व्यावसाय सुरु गरि काठमण्डौँमा क्याफे खोलेर यात्रा सुरु गरेका छ । क्याफे गोपी कृष्णा हल बाट भृकुटि चोक जाने बाटोमा पर्दछ । सोनामको साथमा उनका दुई दाई पनि साथमा छन् ।

नेपालमा केही गर्ने सोचले व्यावसाय सुरु गरेको बताउनु हुदै शेर्पाको व्यावसाय सफल होस नयक कुङ्गगा शेर्पाले शुभकामना व्यक्त गरेका छन् । सकरात्मक सोचका साथ विदेश वसाई पश्चात नेपालमा केही गर्ने सोचले यात्रा सुरु गरेका सोनाम एक उदहरणका पात्रा हुन् उनको यो कार्य सफल होस हाम्रो पनि शुभकामना ।