काठमाडौं । पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणका लागि गएकी पत्रकार डोमा शेर्पा सगरमाथा आरोहण तर्फ बिहीबार (आज) राति १ बजे प्रस्थान गर्दै छन् । गत चैत्र २७ गते आधारशिविर तर्फ प्रस्थान गरेका उनी बैशाख ६ गते बेस क्याम पुगेका थिए ।
सगरमाथा आरोहणलाई पूरा गर्न बैशाख ९ गते क्याम १ र १६ गतेका दिन क्याम ३ सम्म पुगेर फर्केका उनी मौसम खराबीका कारण एक हप्ता अगिदेखि बेस क्याममा रहेका थिए । सगरमाथा चुचुरो चुम्ने गरी आज राति जाने र बैशाख ३१ गते फर्कने योजना रहेको बेस क्यामबाट टेलिफोन मार्फत शेर्पाले जानकारी दिएका छन् ।
शेर्पाले मे महिनाको द्रोस्रो हप्ता सगरमाथाको शिखर चुम्ने योजना बनाएको र अब त्यो योजना पुरा गर्ने बताएका छन् । शेर्पाको सहयोगी तीन पटकसम्म सफल रुपमा सगरमाथाको आरोहण गरिसकेका छाङ्बा शेर्पा भएको उनले बताइन । उनी पायोनियर एडभेञ्चर प्रा.लि.बाट सगरमाथा आरोहण गर्दैछन् । सगरमाथा आरोहण गर्नकै लागि बिगत लामो समय देखि तयारीमा लागेकी शेर्पाले यसअघि सोलुखुम्बुमै रहेको आइसल्याण्ड पिक सफल रुपमा आरोहण गरिसकेका छन् ।