आदिवासी जनजाति प्रतिष्ठान आदिवासी जनजाति प्रतिष्ठान

रसुवा, माघ १६ । आदिवासी जनजाती युवा महासंघ रसुवा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सपना तामाङ निर्विरोध रुपमा निर्वाचित भएको छ ।
आदिवासी जनजाती युवाहरुको साझा अभियान, रोजगारी र अधिकारका लागि पहिचान सहितको सविंधान भन्ने मुल नाराका साथ अधिवशन सम्पन्न भएको थियो ।
रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा भएको अधिवेशनले सपना तामाङको अध्यक्षतामा १५ नयाँ कार्यसमिति चयन गरेको छ

लामा साम्देन गलेको अध्यक्षतामा भएको अधिवेशनले आदिवासी जनजाती युवाहरुको हक अधिकार प्राप्त गर्न र युवाहरुमा नेतृत्व विकास गर्न अव आदिवासी जनजाती लाग्नु पर्नेछ ।
अधिवेशन केन्द्रिय महासचिव सुर्धशन चौधरी र संचार सचिव डोमा शेर्पाको संयोजकत्वमा सम्पन्न भएको थियो ।