बुद्ध दर्शनबाट विद्यावारिधि “खेन्पो” उपाधि पाएका खेन्पो नोर्बू शेर्पा लामा र खेन्पो निम पासाङ शेर्पालाई फोग्मोछे पूर्व बिधार्थी समितिद्धारा सम्मान गरिएको छ । सम्मान कार्यक्रममा श्रद्धोय धर्मगुरु टुल्कु ङवाङ थार्चिन रिन्पोछ प्रमुख अतिथि, फोग्मोछे नेपाल संस्थाका अध्यक्ष, फोग्मोछेका शिक्षक, र पूर्व बिधार्थीहरुको उपस्थिती रहेका थिए । सोलुखुम्बूका फोग्मोछेमा अध्ययन गरेका बिधार्थीहरु मध्ये पहिलो ब्याजका खेन्पो हुन सफल भएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमा शुभकामना ब्यक्त गर्दै पूर्व बिधार्थी आचार्य सार्की शेर्पाले फुोग्मोछेमा शेर्पा जातिको अनुसन्धान केन्द्रको स्थापना ,पुस्ताकलय ब्यबस्थापन र पूर्व छात्राहरुको तथ्याङ्क निकाल्नु पर्ने बताएका छन् । फोग्मोछेबाट पहिलो खेन्पो बनेकोमा खुसी ब्यक्त गदै फोग्मोछे नेपाल संस्थाका अध्यक्ष पेमा छेवाङ शेर्पाले शुभकामना ब्यक्त गरेका छन् ।
त्यसैगरी सम्मानित भएका खेन्पो नोर्बू शेर्पा लामाले आफु जुनसुकै स्थान पुगेपनि जहाँबाट पहिलो शिक्षा आर्जन गरेको छ त्यो ठाँउ नै शिक्षाको धरोहरको रुपमा हुने भएकाले त्यो ठाउँलाई बिर्सन नहुने र फुोग्मोछेको बिकाशका लागि पूर्व बिधार्थीहरुसंग सहकार्य गर्न प्रतिबद्धता जनाउँदै सम्मान गरेको खुसी ब्यक्त गरेका छन् ।
सम्मान प्राप्त खेन्पो नोबू शेर्पा लामा सोलुखुम्बू दुधकोशि गाउँपालिका ५ काँकु नमका हुन भने खेन्पो निम पासाङ शेर्पा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ राखाबाङदेल बहाने शिब्दुका हुन् । यस वर्षको बुद्ध जयन्तीलाई मध्यनजर गर्दै दक्षिण भारत कर्नाटक राज्यको मैसुर जिल्ला वैलकुप्पी स्थित थेग्क्षोग नम्डोल शेद्डुप दरग्यालिङ गोन्पाबाट बुद्ध दर्शनमा विद्यावारिधि “खेन्पो” उपाधि १६५ जनालाई प्रदान गरिएको थियो जसमध्ये, २९ जना शेर्पा खेन्पोहरु रहेका छन् ।