नेपाल शेर्पा कलाकार संघको आयोजनामा शेर्पा कलाकार वृहत साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । शेर्पा समुदायको कलाकारहरुलाई एकिकृत गरी शेर्पा कलाकारलाई राष्ट्र स्तारममा पु¥याउने र संस्थाको नयाँ कार्यलय स्थापना गराउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली काङग्रेसका समानुपातिक सभासद माननीय जिप छिरिङ शेर्पाले कार्यक्रमकको उदघाटन गरीएको थियो ।
कार्यक्रममा पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा , प्रदेश सभासद डिएन लामा, पूर्व मन्त्री याङकिला शेर्पा, बरिष्ठ गायक लाक्पा शेर्पा, धर्म गुरु आचार्य नोर्बू शेर्पा, शेर्पा संघका अध्यक्ष आङर्दोजे शेर्पा, महिला संघकी अध्यक्ष ङिमी शेर्पा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल शेर्पा कलाकार संघका अध्यक्ष डिजे ङवाङले शेर्पा कलाकार संघको यो पहिलो कार्यक्रम रहेको र भविष्यमा संस्थाले समुदायको भाषा, कला, संस्कार, संस्कृतिलाई संरक्षण गर्नका निम्ती काम गर्ने उद्देश्य रहेको बताएको छ ।
बैशाख २२ गते रामनगर पार्टी भेन्यु, कपनमा आयोजित सांस्कृतिक कार्यक्रममा शेर्पा समुदायका बरिष्ठ कलाकार र नव कालाकारहरुको प्रस्तुति रहेको थियो ।