नेपाल शेर्पा कलाकार संघको आयोजनामा शेर्पा कलाकार वृहत साँस्कृतिक साँझ कार्यक्रम हुने भएको छ । शेर्पा समुदायको कलाकारहरुलाई एकिकृत गरि शेर्पा कलाकार राष्ट्र स्तारममा पु¥याउने उद्देश्यले समुदायमा गठन भएको शेर्पा कलाकारहरुको संस्थाले कार्यक्रम आयोजना गर्न लागिएको हो । संस्थाको कार्यलय स्थापनाका निम्ति सहयोग संकलन गर्न कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका सदस्य तथा गायक दावा के शेर्पाले जनाकारी दिनु भयो ।
बैशाख २२ गते रामनगर पार्टी भेन्य, कपनमा आयोजना हुुने संस्कृतिक कार्यक्रममा शेर्पा समुदायका बरिष्ठ कलाकार लगायत नव कालाकारहरुको प्रस्तुति हुने आयोजकले जनाकारी दिनु भयो । भवि दिनमा शेर्पा समुदायका कलाकारहरुलाई संरक्षण गर्ने र नव कलाकारलाई प्रोत्साहन गर्न समुदायका कार्यक्रमहरु आयोजना गर्ने संस्थाका सदस्या तथा नायक कुङ्गा शेर्पाले बताउनु भयो । समुदायको भाषा, कला, संस्कार, संस्कृतिलाई संरक्षण गर्ने उद्देश्य संस्थाले रखिएको छ ।