डाक्टार सँगै राम्रो गायिका भन्ने सपना बुनेका छन् शेर्पा समुदायको लोकप्रीय बाल गायिका लोप्साङ छोडेन शेर्पा । आमा मिना तामाङ्ग शेर्पा र बुबा दोर्ची शेर्पाको कोखमा जन्मेकी लोप्साङ छोडेनले सानो हुदा देखिनै गीत गाउर्दै आएकी हुनाले उनको स्वरले निश्चत आकार र ठाउँ लिएपछि परिवारमा खुःसीको लहर छाएको छ । उनको यो प्रगति प्रति शेर्पा समुदाय पनि उत्तिकै गौरव गर्दछन् । जोरपाटीको नारयणटार स्थित रोयल एकेडेमी ईन्टरनेश्नल स्कुलमा कक्षा चारमा अध्ययन गरि रहेकी यी बालिका गायनमा मात्रा हैन पढाईमा पनि उत्तिकै तेज छिन् ।

सात वर्षको उमेरमानै पहिलो  एल्वमा निकाल्न सफल गयिका लोप्साङ्ग अहिले नयाँ गीतको तयारीमा लागेकी छिन् । भोजपूर जिल्लाको किमालुङ्ग ९ मा पूख्यौली घर भएकी शेर्पा आहिले आमा बाबा सँगै काठमण्डौको आरुबारीमा बस्दै आएकी छिन् । हिमाल आरोहणमा बिशेष दक्षता देखाएर विश्वमा प्रशिद्ध भएको शेर्पा समुदाय कला, संस्कार, संस्कृतिमा पनि उत्तिकै अब्वल छन् भनेर विश्वलाई चिनाउन चहान्छिन् । उनको यो चहाना र सपानालाई पूरा गर्न उनको बुबाआमाको पनि उत्तिकै साथ छ ।

आफुले पूरा गर्न नसकेको सपना आफ्नी छोरीले पूरा गर्लान भन्नेमा बूवा पेम दोर्ची ढुक्का हुनुहुन्छ । विभिन्न देशमा भएको नेपालीहरुको संघर्ष प्रत्यक्ष अनुभव गरेका पेम दोर्ची आफ्नो छोरीले पनि यी दुःख भोग्न नपारोस बन्ने चहाना रखेका छन् । व्यावसायिक पेशामा संलग्न दोर्ची समाज सेवा पनि गर्दै आउनु भएको छ । छोरीको सपनानै आफ्नो सपना सम्झेर साथ दिएकी बुबाआमा प्रति गायिका लोप्साङ धन्यवादका पत्रा सम्झिन्छिन् । सानो उमेरमानै संगीतको माध्यमबाट परिचित लोप्साङको नयाँ गीतले पनि राम्रो स्थान पाउन सफल होस हाम्रो पनि शुभकामना ।