शेर्पा समुदायका नायक छोङवा शेर्पा ( रिङ्छेनले ) शेर्पा  कलाकार संघको लोगो अंकित झण्डा धौलागिरी हिमालमा फहाराउने भएको छ । शेर्पा समुदायका कलाकारहरुलाई एकिकृत गर्ने उद्देश्यले समुदायमा गठन भएको कलाकार संघको झण्डा संघका केन्द्रिय सदस्य समेत रहेको शेर्पाले नेपालको पाँचौ आग्लो हिमाल धौलागिरीमा फहराउने भएको हो । शेर्पा धौलागिरी हिमाल आरोहणका लागि बिहिबार राजधानीबाट यात्रा सुरु गर्ने बताएको छ ।

शेर्पा समुदायमा शेर्पा भाषा, संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यले निर्मांण गरिएको चलचित्र टिन्छेन फमाका नायक तथा निर्माता समेत रहेको छोङवा शेर्पा सन् २००९ बाट नै टे«किङ्ग पेशामा अबद्ध थिए । शेर्पाले विश्वको सर्वोच शिखर सगरमाथाको सफल आरोहण २०१२ मा नै गरेको थियो भने २०१५ मा मनस्लुको सफल आरोहण गरेको थियो । सोलुखुम्बुको गुदेलमा जन्मेको शेर्पाले आमाडब्लम हिमाल ३ पटक आरोहण गरि सकेका छन् त्यसैगरी ६ हजार भन्दा माथिका हिमालहरु १५ भन्दा बढी आरोहण गरि सकेको छ ।

शेर्पा समुदायमा शेर्पा नायकको रुपमा स्थापित शेर्पाले कलाकारिता क्षेत्रबाटै आफ्नो पहिचान राख्ने सोचले शेर्पा कलाकार संघमा सदस्य भनेका छन् । यही ७५ सालको बसन्त ऋतुमा ८१६७ मिटर उचाईको हिमालमा संघको झण्डा फहराउने भएको हो । म्याग्दी जिल्लमा रहेको धौलागिरी हिमाल नेपालको पाँचौ आग्लो हिमाल र विश्मा सातौँ आग्लो हिमालको रुपमा स्थापित छ । नायक शेर्पालाई संघका महासचिव दोर्जी शेर्पाले यात्रा सफलताको शुभकामना व्याक्त गर्दै लोगो अंकित झण्डा हस्तान्तरण गरिएको थियो ।